स्थानिय समाचारस्वास्थ्य

अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय बिहान ९:१५ बजेसम्म मात्र खोल्न पाइने

भाद्र  ८, काठमाडौं  ।
उपत्यकामा बढ्दो कोभिड संक्रमण संगै जिल्लाका ३ वटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकको निर्णय अनुरुप गत भाद्र ४ गतेबाट भाद्र १० गते राती १२ः०० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम उपत्यकाभर लागु हुने गरी जारी निषेधाज्ञा आदेशको समयमा अत्यावश्यक सेवामध्ये पानी, औषधी तथा स्वास्थ्यसामग्री बिक्री वितरण गर्ने व्यवसाय चौविसै घण्टा र अन्य बिक्री वितरण गर्ने व्यवसाय भने विहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ ।

यस अघि कुन व्यवसाय कति बजेसम्म गर्न पाइने हो भन्ने सम्बन्धमा अन्यौलता बढेसंगै प्रशासनले हिजाे एक सूचना जारी गर्दै अत्यावश्यक वस्तु वा सेवा वाहेकका व्वसाय संचालनको समय सिमा निर्धारण गरेको हो ।

प्रस्तुत सूचनाको मर्म अनुरुप खाद्य वस्तु, दूग्धजन्य पदार्थ, फलफूल, तकारी, माछा मासु आदि बिक्री वितरण गर्ने पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने तर ती व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाईजरको प्रयोग लगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *