यँयाः (इन्द्रजात्रा) का सम्पूर्ण कार्यक्रम स्थगित
२०७७ भदाै २, काठमाडाैं ।
इन्द्रजात्रा व्यवस्थापन समितिले यस वर्षको यँयाःका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी महामारी कोभिड १९ को प्रकोप नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको कारण नेपाल सरकार, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सूचनालाई लिई गत साउन ३० गतेका दिन समितिमा आवद्ध गुथि खलःहरुबिच सम्पन्न छलफल पश्चात यस वर्षको यँयाःका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो ।
साथै यँयाःमा संलग्न हुने देवदेवीहरूको नित्य पूजाआजा मात्र गर्ने निर्णय पनि गरेको छ ।
(फाइल फाेटाे)

(फाइल फाेटाे)
(फाइल फाेटाे)