राष्ट्रिय समाचारशिक्षा स्वास्थ्य

एसईई २०७६ को नतिजा प्रकाशित

२०७७ भदाै २, काठमाडाैं ।

राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । कोभिड संक्रमणका कारण ०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको अवस्थामा वर्ष ०७६को एसईई परीक्षा सरकारले परीक्षाको पूर्वसन्ध्यामा अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने निर्णय स्थगित गरेको थियो ।

यद्यपी परीक्षा स्थगन गरिएपनि विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधारमा यसअघि मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुरुप राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्त विवरण अनुरुप बोर्डले प्राप्त विवरणलाई रुजु र ग्रेडिङ गरी प्रमाणीकरण गर्दै बिद्यार्थीको परीक्षाफल प्रमाणित गर्दै आज परीक्षाफल प्रकाशित गरेको हो ।

प्रकाशित नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने वोर्डले जनाएको छ । साथै प्रकाशित नतिजाको त्रुटी सच्याउन बिद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु याउने व्यवस्था समेत गरेको छ ।

नतिजा हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेला ः

https://see.ntc.net.np/grade.php

SLC Result Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *