वरिष्ठ फोटोग्राफर राजभाइ सुवाललाई पितृशोक
१९ असार २०८३ ।
वरिष्ठ फोटोग्राफर राजभाइ सुवालका पिता पञ्चरत्न महर्जनको ८७ वर्षको अल्पायुमा स्वर्गारोहण भएको छ । वहाँको दाहसंस्कार परम्परागत रुपमा टेकू स्थित जम्बुद्विप मसानमा गरियो ।
दोश्रो जंकु सम्पन्न भइसकेका निज महर्जनका पत्नीहरू बेखामाया महर्जन र नानिशोभा महर्जन रहेका छन् भने वहाँका सन्तानहरुमा जेठो राजेन्द्र सुवाल, माइलो राजभाइ सुवाल र कान्छो विजय सुवाल रहेका छन् ।
पुकुद्याः टेबहाः सनागु खलःका पाँचौ थकाली रहेका उनी वहाँहरुको देपूजा खलःमा थाकुली रहेका थिए ।
दिवंगत आत्माको चिर शान्ति एवम् वैकुण्ठबासको कामना गर्दै स्वर्गीय आत्माप्रति मेट्रो काठमाडौं परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं ।