जात्रा पर्वधर्म संस्कृति

याकः मिसालाई फूल प्रसाद दिन बुंगद्यःका प्रतीक जलपानेजु कीर्तिपूर पुगे

जेठ ३१, २०८३ ।
आज बुंगद्यःका जल पानेजु कीर्तिपुरको प्यंगःथांमा परम्परागतरुपमा परम्परागत बाटोबाट हिँडेरै पुगी फूल प्रसाद वितरण गर्न कीर्तिपुर पुगी बुंगद्यःको पूmल प्रसाद वितरण गरिएको छ ।


एक जनश्रुति अनुसार जाह्वालाजात्राको निमन्त्रणा दिन यसरी प्रसाद दिन गएको भन्ने भनाई रही आएको छ ।


बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को रथ ईटी टोलदेखि जावलाखेलसम्म पु–याउने साइत निकालिएको ४ दिन अघि जल पानेजुद्वारा कीर्तिपुरको प्यंगःथांमा कीर्तिपुरका याकःमिसालाई फूल प्रसाद दिन जाने परम्परा रहिआएको छ । यस प्रकार बुंगद्यःको साथसाथै मीननाथको फूल प्रसाद पनि दिने गरिन्छ ।


यस वर्ष बुंगद्यः (रातो मत्स्येन्द्रनाथ)को रथ ईटी टोलदेखि जावलाखेलसम्म पु–याउने साइत असार ३ गते निकालिएको थियो । ३ गते रथ जावलाखेल पु(याई जाह्वला जात्रा गरिन्छ भने ६ गते भोटो जात्रा लगायत अन्य परम्परागत कार्यक्रमहरू सम्पन्न गरी सोही दिन रातो मत्स्येन्द्रनाथलाइ रथबाट सानो खटमा राखी जात्रा गर्दै बुंगमतीमा लगिनेछ ।


यस वर्ष कीर्तिपुरका कन्यास्वरूपा याकःमिसा ७८ वर्षीय लक्ष्मी कुमारी प्रधानलाई फूल प्रसाद दिएपछि अन्य भक्तजनहरूलाई पनि फूल प्रसाद दिए भने भक्तजनहरूले पनि आफ्नो गच्छे अनुसार आफ्नो बारीमा उत्पादन भएका गरेका वस्तुहरू धान, चामल, गहुँ, मकै आदि भगवानलाई चढाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *