मनाेरञ्जन

NDA जुनियर क्रु उत्कृष्ट

जेपा : डान्स एकेडेमी ( NDA ) जुनियर क्रु २०२६ जुलाई १५ मा थाइल्याण्डको बैंकक प्रस्थान गरी जुलाई २० मा नेपाल फर्किएको छ । टोलीले GLX Dance Championship 2026 मा नेपालको प्रतिनिधित्व गर्दै ५० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गरेको हो । १६ सदस्यीय NDA जुनियर क्रुले तीन विधामा प्रतिस्पर्धा गर्दै Teens Division मा प्रथम , Mega Crew Division मा प्रथम तथा Junior Team Division मा द्वितीय स्थान हासिल गरेको छ । साथै टोलीले प्रतियोगिताबाट Best Outfit र Best Choreography उपाधि समेत जित्न सफल भयो । प्रतियोगिताका क्रममा विभिन्न देशका कलाकारहरूसँग सांस्कृतिक तथा नृत्य अनुभव आदान – प्रदान गर्ने अवसर पनि प्राप्त भएको थियो । सबै सहभागीले पदक तथा ट्रफी प्राप्त गरेका छन् । कडा प्रतिस्पर्धा , लामो तयारी र अथक मेहनतका बाबजुद टोलीले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ फहराउन सफल भएको नेपा : डान्स एकेडेमीले जनाएको छ यस सफलताका लागि प्रशिक्षक , अभिभावक , शिक्षक तथा सम्पूर्ण शुभेच्छुकप्रति एकेडेमीले हार्दिक आभार व्यक्त गरेको छ । सन् २०१० मा रिना महर्जन र रोहिया महर्जनद्वारा स्थापित नेपाः डान्स एकेडेमी नेपालका अग्रणी तथा पुराना नृत्य संस्थामध्ये एक हो । सन् २०२५ मा दुबईमा सम्पन्न World Supremacy Battleground मा शीर्ष पाँच स्थान हासिल गरेको NDA जुनियर क्रुले यसअधि World of Dance Nepal Season 2 मा पनि द्वितीय स्थान प्राप्त गरेको थियो । यस प्रतियोगितामा सहभागी सदस्यहरूः अतित न्यौपाने , त्रिनव महर्जन , फिन्जु तामाङ , संयम गुरुङ , पासाङ तामाङ , फुर्साङ लामा , बन्ला महर्जन , विमिशा डंगोल , मायरा प्रजापति समाइरा शाक्य गुरुड , ओमित्या महर्जन , शलिन श्रेष्ठ मानकी तामाङ , रितिका मानन्धर , सुयश कभौजिया र परी शाही रहेका थिए । कोरियोग्राफी प्रशिक्षकहरू श्रीष्टि महर्जन , स्वस्तिक आर्याल र सरोज मोक्तान हुनुहुन्थ्यो भने टोलीलाई रोहिया महर्जन र श्रीष्टि महर्जनले नेतृत्व गर्नुभएको थियो । नेपा : डान्स एकेडेमीले आगामी दिनमा पनि नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *