मनाेरञ्जनस्थानिय समाचार

भुरुङ्गखेल उत्सव सम्पन्न

५ पौष, २०७८ ।

कामपाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भुरुङ्गखेल महोत्सव गत शनिबार यहाँ सम्पन्न भयो । सो कार्यक्रममा बुराख्यँ ल्यायम्ह पुचःको भवन पनि समुद्घाटन गरिएको थियो।

कार्यक्रममा नेपाली पप संगित क्षेत्रका ख्यातिप्राप्त कलाकार अनिल साहीको नेतृत्वमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा परम्परागत कुमारी चर्या नृत्य, इन्द्रजात्राको एक रौनक लाखे र पुलुकिसीको प्रतीक झाँकी लगायत अन्य सांगितिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बालबालिकाको रमाइलोको लागि पाश्चात्य कार्टुनहरुको नमूना र स्लाइडिङ्ग खेल पनि राखिएको थियो ।

समुद्घाटन कार्यक्रममा स्थानीय समाजसेवीहरुलाई मायाको चिनो सहित सम्मान पनि गरिएको थियो ।

महोत्सवमा आकर्षक मण्डला बनाइएको थियो भने खानाका परिकारहरुको स्टल, धातुका सामानहरुको स्टल, स्थानीय दिदीबहिनीहरुले उत्पादन गरेका हस्तकलाका सामानहरुको स्टल लगायत ठूला उद्यमीहरुको स्टल पनि राखिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *