फाेटाे फिचरसमाचारसंस्कृति

१८ औं राष्ट्रिय ज्यापु दिवस भव्यताकासाथ सम्पन्न

१८ औं राष्ट्रिय ज्यापु दिवस भव्यताकासाथ सम्पन्न

५ पौष २०७८, काठमाडौं ।

सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा हिजो १८ औं राष्ट्रिय ज्यापु दिवस  भव्यताकासाथ सम्पन्न भयो ।

आफ्नो सम्बोधन भाषणमा प्रधानमन्त्री देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुहुँदै साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले उपत्यकामा ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न उल्लेखनिय योगदान गरेको बताउँदै संस्कृति र परम्पराको संरक्षणका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

काठमाडौंका परम्परागत ६३ टोलका ज्यापु समुदायहरुले आफ्ना परम्परागत बाजागाजा, भेषभूषा र झाँकी सहितको सांस्कृतिक ¥यालीले यहाँका भित्री सहरको परिक्रममा पश्चात बसन्तपुरमा सभामा परिणत भएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय राजेन्द्र प्रसाद श्रेष्ठ, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, एमालेका नेता कृष्णगोपाल श्रेष्ठ, मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेश सभा सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई ज्यापु विशिष्ट सम्मान, ज्यापु रत्न, ज्यापु सरस्वती पदक, ज्यापु विशेष सम्मान र ज्यापु साँस्कृतिक धरोहर सम्मान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *