कलामनाेरञ्जन

आगामी ६ गते “सतीसया सः– संगीतया जः” सोलो लाईभ कन्सर्ट हुने


४ भाद्र, २०८३ ।

‘नव–प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान ः हाम्रो कला–संस्कृति, राष्ट्रको मौलिक पहिचान’ नाराका साथ वि.सं. २०८० सालमा बिल्कुलै नाफारहित सामाजिक संस्था नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा यही भाद्र ६ गते शनिबार चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ ११४६ “सतीसया सः– संगीतया जः” सोलो लाईभ कन्सर्ट हुने भएको छ ।

संस्थाका अध्यक्ष विजयलाल डंगोलको सभापतित्वमा सम्पन्न आजको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिएका थिए । कार्यक्रममा गायक महर्जनलाई नगद रु. ५० हजार सहित विशेष सम्मान गरिने अध्यक्ष विजयलाल डंगोलले कार्यक्रममा जानकारी गराउँदै संगीतकर्मी गोविन्द ह्यूमत एकल साँझ, कीर्तिपुर संगीत महोत्सव, रसना महर्जन एकल साँझ, लोककवि राजभाई जकःमि अभिनन्दन, योगेश वैद्य स्मरण कार्यक्रम तथा पुस्तक प्रकाशन लगायत विविध सांगितिक र सांस्कृतिक क्षेत्रमा विविध कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको बताए ।

कार्यक्रममा सतिसलाई साथ दिने अन्य कलाकारहरुमा निशा देशार, रिता महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जन, सरिता साही, एकता महर्जन तथा रफिला महर्जन रहेका छन् भने बाद्यवादन तर्फ सुन्दर कुमार महर्जन, राहुल भुजेल, लक्ष्मी प्रसाद डंगोल, सन्देश महर्जन, संजिव मैनाली, सुरज प्रधान, कृष्ण लिम्बु तथा सुजल नापित रहेका छन् ।

गायक सतीश महर्जनले नेपालभाषा र नेपाली भाषाका गरी आफ्ना करिब २० वटा गीतहरु प्रस्तुत गर्ने उक्त कार्यक्रममा हलको प्रायोजनमा कीर्तिपुर सिनेप्लेक्स र साउण्ड सिष्टममा कास साउण्ड (विकास महर्जन) को सहयोग रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *