दोस्रो कामपा उपमेयर कप एकायन कराँते प्रतियोगिता हुने
१६ बैशाख २०८३ ।
शरण डंगोल/भरत माली, काठमाडौं
नेपाल एकायन कराते संघको आयोजना काठमाडौं महानगरपालिकाको सहकार्यमा आगामी वैशाख १८ र १९ गते दोस्रो काठमाडौँ महानगरपालिका उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता हुने भएको छ ।
कामपाका कार्यबाहक उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा हुने उक्त प्रतियोगितामा पुरुष तर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ केजी तथा खुल्ला र महिला तर्फ ३५, ४०, ४५, ५०, ५५ केजी तथा खुल्ला तौल समुहका खेलाडीहरुबिच प्रतिस्पर्धा हुनेछ ।

नेपाल एकायन कराते संघको उपत्यकाभित्र रहेका विभिन्न शाखा तथा विद्यालयका करिब १९० पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने जनाइएको छ ।
उक्त प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय तथा चौथो हुने खेलाडीहरुलाई प्रमाण पत्र, मेडल, तथा ट्रफीबाट पुरस्कृत गरिनेछ भने अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ ।
नेपालको आफ्नै मौलिकपन बोकेको मार्शल आर्टस्को क्षेत्रमा आत्मरक्षात्मक खेलका रुपमा विकसित गरिएको यस एकायन कराँतेले खेलकुदका माध्यमबाट खेलाडीको क्षमता बृद्धिको अवधारणलाई अझ मजबुत बनाउने विश्वास आयोजकले लिएको छ ।