संस्कृतिस्थानिय समाचार

भोलिबाट साँखुमा माधव नारायण व्रत सुरु

१० माघ २०८०, काठमाडौँ ।
ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वले भरिपूर्ण पवित्र स्थल साँखु (शंखरापुर) को वैभव तथा श्री माधव नारायणको व्रत गाथाले सु–सज्जित पवित्र पुण्य भूमि, पावन भूमि शालिनदीमा परापुर्वकालदेखि परम्परा संस्कार अनुसार हुँदै आइरहेको१ महिनासम्म हुने कठिन र कठोर व्रत हरेक वर्षको पौष शुल्क पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने गरेकोमा यस वर्ष माघ ११ गतेदेखि सुरु भई फागुण १२ गते अश्वमेध यज्ञ पश्चात् समापन हुन्छ ।
झन्डै ४०–४५ जना व्रतालुहरूको सहभागिता रहने यस परदेश यात्रा अन्तर्गत पशुपति, फर्पिङ, पनौती र चाँगुनारायणको पैदल यात्रा गरी ती स्थानहरूमा व्रत पूजा सम्पन्न गर्नेछ । यो व्रत बस्नको लागि परम्परादेखि चली आएको नीति, नियम, व्रत विधि तथा परम्परालाई पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।
श्री माधवनारायण  स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले भाेलिबाट सुरु हुने उक्त व्रत पूजाको बारेमा जानकारी गराउन हिजो आयोजित एक पत्रकार भेटघाटमा बताए ।
व्रतालुहरूलाई आवश्यक सर सहयोग गर्न समितिले नेपाल स्काउट सक्व, नेपाल रेडक्रस सोसाइटी शंखरापुर उपशाखा, स्वयम सेवक तथा विभिन्न संघ संस्थाहरूको समन्वयमा आवश्यक बन्दोबस्तका सामानहरू सहित स्वयमसेवकहरु परिचालन गर्नेछ भने हिँड्नै नसक्ने अवस्था भएका व्रतालुहरूको लागि आवश्यक सहयोग लिई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिने बताए ।
करिब २२ देखी २५ लाख धार्मिक पर्यटकहरूको आगमन हुने अनुमान गरिएको उक्त साँखु शालिनदी परिसरमा यातायातको लागि बस व्यवसायी समितिहरूसँग, शान्ति सुरक्षाको लागि प्रहरीसँग सहकार्य गरिनेछ । प्राथमिक उपचारको लागि निःशुल्क प्राथमिक उपचार कक्षको व्यवस्था गरिनेछ भने भक्त जनहरूको लागि खानेपानीको निःशुल्क वितरण गरिनेछ । साथै मेला अवधिभर शालिनदी परिसर र यस वरपर मेलामा राखिने हाट बजारमा प्लास्टिकका झोलाहरूको प्रयोग निरुत्साहित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *