जात्रा पर्वसंस्कृति

आगामी माघ १२ र १३ गते तोखामा श्री पचली भैरवनाथ खड्गसिद्धि जात्रा हुने निश्चित, तोखामा “नायोखिं च्वयेकेगु” सम्पन्न

९ माघ २०८०, काठमाडौं ।
श्री पचली भैरवनाथ खड्गसिद्धि जात्राको परदेश यात्रा अन्तर्गत तोखा जाने निश्चित भएको छ । आज तोखा जात्रा अन्तर्गत तोखा नगरमा “नायोखिं च्वयेकेगु” सम्पन्न भयो । जसलाई जात्राको सूचना प्रवाहित गर्न झ्याली पिट्ने भनिन्छ । यसलाई स्थानिय भाषामा “दिन छुं” अर्थात “जात्राको लागि दिन निर्धारण गर्ने” पनि भनिन्छ ।

जात्राका देवगण, नायः, गुरु, तोखाका गण्यमान्य विशिष्ट व्यक्तित्वहरु एवं स्थानिय समाजसेवीहरुको वृहत सहभागितामा ¥याली सहित झ्याली पिट्दै नगर परिक्रमा गरी थनेलाछीमा पुगेर “नायोखिं च्वयेकेगु” अर्थात् “सूचना प्रवाह” कार्यक्रम सम्पन्न भएको थियो । तत्पश्चात् जात्रा गुथि खलःद्वारा जात्रा प्रस्तुत गर्ने स्थानमा इलां प्रतिस्थापन गरी तोखाका विशिष्ट व्यक्तित्वहरुलाई गुथिको तर्फबाट श्री पचली भैरवको पूmल प्रसाद वितरण गरिएको थियो ।

झ्याली पिट्ने क्रममा नायोखिं र भुस्या बजाउँदै “सकलें मां बा दाजु किजा तता तकेहेपिं थुगुसिइ माघ १२ व १३ गते ऐतिहासिक पौराणिक श्री पचली भैरव गथु प्याखँ नवदुर्गा देवगण तोखाया थहने लाछिइ विज्याइगु सुचं बियाच्वना । हरेक १२ वर्षय् पिहांवइगु थुगु प्याखँया देवगण पिनित स्वागत यायेत इनाप याना च्वना । द्यःयात केपु बिइगु ज्याःझ्वः शनिबार जक याना दिइत नं इनाप याना च्वना” अर्थात् “सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बिहनीहरु यसपालि माघ १२ र १३ गते ऐतिहासिक पौराणिक श्री पचली भैरव गथु प्याखँ नवदुर्गा देवगण तोखाको थहने लाछिमा आगमन हुने सूचना दिदैछु । हरेक १२ वर्षमा हुने यस प्याखँका देवगणहरुलाई स्वागत सत्कार गर्न हार्दिक अनुरोध गर्दछु । देवगणलाई केपु दिने कार्यक्रम शनिबार मात्र गर्नु हुन पनि हार्दिक अनुरोध गर्दछु ।” भनी नगर परिक्रमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *