नेपालभाषामनाेरञ्जन

“असं बजाः मंगः बजाः” को म्यूजिक भिडियो एल्बम लोकर्पण सम्पन्न

२८ मंसिर २०८०, काठमाडौं ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा आज यहाँ कीर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा “असं बजाः मंगः बजाः” को म्यूजिक भिडियो एल्बम लोकर्पण सम्पन्न भयो ।

“यके धकाः”, “गये जकः”, “यो मै जिगु”, “जि खना न्ह्युगु”, “आसे रे आसे”, “नापलायेगु मन जुल”, “ययेका च्वना” र “यल रे यल” गरी कुल ८ वटा नेपालभासाका गीतहरु समावेश गरिएको भिडियो एल्बम “असं बजाः मंगः बजाः” का ८ वटै म्यूजिक भिडियोहरु लोकार्पण गरिएको हो ।

कोरियोग्राफिमा रोहिया महर्जन, सुरज नापित, निश्ला शाक्य, कृष्णभक्त महर्जन र सन्तोष भुजेल रहेको उक्त म्यूजिक भिडियोहरुमा कलाकारहरु सुरज नापित, आराध्यलक्ष्मी खड्गी, रोजिना सुवाल, गृष्मा महर्जन, अनुज शाक्य, हसना महर्जन, लसता जोशीइ, योगेन महर्जन, राजु महर्जन, श्रृया महर्जन, यमन श्रेष्ठ, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, मोहिद्धिन खान, मिथाराम केसी लगायतको अभिनय रहेको छ ।

निर्देशकहरु रामकृष्ण खड्गी विश्वास, बज्राचार्य, सुरज नापितले निर्देशन गरेका ती म्यूजिक भिडियोहरुमा बालकृष्ण बंशी, आकृष्ट शाक्य, सोहन मानन्धरको सम्पादन रहेको छ भने क्यामेरा पर्शनमा सोहन मानन्धर र रकी महर्जन रहेका छन् ।

उक्त म्यूजिक भिडियोका युगल गीतहरुमा कलाकार मोहन शाक्यको साथमा कविता जोशी, श्रृजना श्रेष्ठ, लसता जोशी, निशा देसार, रत्नशोभा महर्जन, सरिता शाही, रोजी डंगोल श्रेष्ठ र गंगादेवी महर्जनले साथ दिएका छन् । शब्द जनकवि दुर्गालाल श्रेष्ठ, नातिबज्र बज्राचार्य, भूषण प्रसाद श्रेष्ठ, बंशीधर बज्राचार्य, मंगल मजर्हन र चण्डेश्वर महर्जनको रहेका छन् भने संगीत मनराज नकःमिको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *