यस वर्ष पाहाँचह्रेमा वतु र तेबहाः भद्रकालीको फरक स्वरूप
८ चैत्र २०७९ ।
शरण ज्यापु हरि,काठमाडौं ।
यस वर्ष पाहाँचह्रेको जात्रामा वतु नाट्यश्वर महिला समूहद्वारा तायमाः (लावाको माला) द्वारा वतु भद्रकाली र टेबहाः भद्रकालीको खटलाई शुद्ध नेवाः स्वरूपमा सिंगारिएको छ ।
इतिहासमा पहिलो पल्ट यसरी पाहाँचह्रेको अवसरमा तायमाः द्वारा सिंगारिएको दाबी पनि गुथियारहरुद्वारा गरेका छन् ।
वतुका महिला दिदीबहिनीहरूद्वारा झण्डै एक महिना लगाएर उनेका तायमाः (लावाको माला) लाई वंघः त्वाः खलःका गुथियारहरुको सहयोगबाट १ दिनमा तयार गरिएको रहेछ ।
यसको लागि झण्डै साढे पाँच पाथी लावा र अन्य आवश्यक सामग्री समेत गरी लगभग १० हजार खर्च भएको वतु नाथेश्वर गुथिका नायःले बताएका छन् ।
माला उन्न १८४ जना वतुका महिला दिदीबहिनी तथा वंघः त्वाः खलःका श्याम (क), नाति, बाबुराजा, बाबुकाजी, सेँ र श्याम (ख) गुथियारहरुले स्वयंसेवा गरेको बताइएको छ ।


