साफिस ईन्टरनेशनल ईन्डोक्राइन सम्मेलन सम्पन्न
५ चैत्र २०७९, काठमाडाैं ।
साफिस ईन्टरनेशनल ईन्डोक्राइन सम्मेलन (5th Biennial SAFES International Endocrine Conference) चैत्र ३ गतेबाट शुरू भै हिजाे सम्पन्न सम्पन्न भएको छ ।
उक्त कार्यक्रम SAFES (South Asian Federation of Endocrine Societies) एवं डायबेटिज नेपाल आयोजनामा DEAN (Diabetes and Endocrinology Association of Nepal), International Society of Endocrinology (ISE), European Society of Endocrinology (ESE), Society of Internal Medicine of Nepal (SIMON) तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो ।
उक्त अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न देशका अन्तराष्ट्रिय स्तरका विज्ञहरुबाट मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोनसँग सम्बन्धित रोगहरूको बारेमा अनुसन्धान मूलक कार्यपत्रहरु पेश गरिएकाे थियाे । यसै सिलसिलामा SAFES अन्तर्गत रहेका विभिन्न विज्ञहरुद्वारा दक्षिण एसियाली स्तरिय अनुसन्धान गरि मोटोपना सम्बन्धी जनचेतना जगाउने हेतु The Kathmandu declaration -Obesity in the South Asian Region: an exigency statement प्रस्तुत गरिएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथी तथा महिला उद्यमी अम्बिका श्रेष्ठले मधुमेहले रोगीलाई मात्रै नभएर समाज, परिवारलाई समेत असर पार्ने बताउनुभयो ।
कार्यक्रममा डायबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्याेंले विश्वमा महामारीका रूपमा फैलिएको मधुमेहले दक्षिण पनि एसिया अछुत रहन सक्दैन र यस समस्याले मधुमेह भएका व्यक्तिलाई मात्र हैन तिनका परिवार र सिङ्गो समाजलाई नै मानसिक र आर्थिक रूपमा नकारात्मक प्रभाव पार्दछ। त्यसै कारण मधुमेहले गर्दा हुने नकारात्मक प्रभावलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै सम्बोधन गर्न जरुरी भएकाे बताउँदै मधुमेहको उपचारत चिकित्सक, विरामी तथा परिवारका सबै सदस्यहरु मिलेर यस समस्याको समाधान गर्न आह्वान गर्नु भयो ।
कार्यक्रममा डा.सत्यन राजभण्डारीले नेपालका सबै जिल्लामा पछिल्लो समय गरिएको एक अध्ययनले २० वर्षमाथिका जनसंख्या मध्ये ८.५ प्रतिशतमा मधुमेह देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा ३ वर्षअघि सम्म ४–५ लाखको संख्यामा मधुमेहका बिरामी रहेको अध्ययनले देखाएकाे बताए।

सम्मेलनमा भारत, पाकिस्तान, बंशलादेश, श्रीलंका, माल्दिभ्ससहित विभिन्न देशका चिकित्सकको उपस्थिति छ । शुक्रबार सम्मेलनको उद्घाटन शत्रमा महजोडीले निर्माण गरेको मधुमेह सम्बन्धी चलचित्र प्रदर्शन समेत गरिएको थियो ।
सम्मेलनको अध्यक्षता नेपालकी बरिष्ठ इन्डोक्रिनोलोजिस्ट डा.डीना श्रेष्ठले गर्नुभएको थियाे भने डायबेटिज नेपालका सचिब कैलाश प्रधानले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा नेपाल डायबेटिज सोसाएटीलाई Life Time Achievement Award बाट सम्मानित गरिएको थियो ।