शिक्षास्थानिय समाचार

२१ वडाका एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरियो

९ असोज २०७९, काठमाडौं ।
बाकुननि पुचः, यंगाःले यस वर्ष एस.ई.ई. उत्तीर्ण गरेका ३९ जना विद्यार्थीहरुलाई हिजो यहाँ एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।


बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री माननिय अजय क्रान्ति शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरुलाई सगुन, मायाको चिनो सहित सम्मान गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्दै भविष्य कसरी सुनिश्चित गर्ने भन्ने विषयमा विस्तृतरुपमा प्रकाश पारेका थिए ।


कार्यक्रममा कामपाका उपमेयर सुनिता डंगोल लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *