थायमदु त्वाःपुचःले सामाजिक क्रियाकलाप अन्तर्गत मृतकहरुको सम्झनामा दुई दिने दीप प्रज्वलन गरे
२९ साउन २०७९ ।
सञ्जय, काठमाडौं ।
गत वर्ष दिवंगत हुनुभएका कामपा २५ वडाका बासिन्दाहरूको मृतक आत्माको चिर शान्तिको कामना गर्दै थायमदु त्वाः पुचःले दुई दिन दीप प्रज्वलनसहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।
साथै सापारुको दिन आफ्ना मृतक आत्माको सम्झनास्वरुप देश परिक्रमा गर्ने सबैलाई पानी वितरण गरेको थियो भने तत्पश्चात् यस स्थानको सरसफाइ पनि गरिएको थियो ।

थायमदु त्वाःपुचः को सक्रियतामा पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदा संस्कृतिलाई पुनः ब्यूताउँन पहल गर्ने भएको छ । यसै क्रममा यस स्थानमा लोप भैसकेका विभिन्न संस्कृतिहरू मध्ये सर्वप्रथम थायमदु महादेवस्थानमा आगामी सोमबार पञ्चाभिषेक महारुद्री गर्ने भएको छ ।
