मनाेरञ्जन

झीगु सः र सुकुन्दा फिल्मस्ले आयोजना गर्दैछ “ख्यालि नखः”

९ साउन २०७९, ललितपुर ।

सापारु (गाईजात्रा) को अवसर पारी लोकप्रिय कलाकारहरुको प्रस्तुतिका साथमा झीगु सः तथा सुकुन्दा फिल्मसय्को संयुक्त आयोजनामा “ख्यालि नखः” आयोजना हुने भएको छ । भाद्र ४ गते शनिवार ललितपुर भोलढोकास्थित ज्यापु प्रज्ञाभवनमा दिनको २ शो कार्यक्रम आयोजना हुने आयोजकले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

झीगु सःका संरक्षक एवं वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले यो कार्यक्रमको आयोजना गरी उपचार गराइरहनु भएको गायक तथा संगीतकार सुमन कपालीलाई सहयोग गर्ने पनि उद्देश्य रहेको जानकारी गराउनु भयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले काठमाडौं उपत्यका तथा नेवाः बस्तीहरुमा नेपाल सम्वत् अनुसार दशौं महिला गुंलाको पारुदेखि एक सातासम्म विभिन्न हास्य र ब्यङ्गको प्रस्तुतिहरुको परम्परा नै रहेको तथा विगतमा टोलटोलमा मञ्च बनाइ ख्यालः (हास्य तथा ब्यङ्गले भरिएको नाटकीय प्रस्तुति) प्रदर्शन गर्ने परम्परा हाल लोप प्रायः हुँदै गइरहेको उल्लेख गर्नुहुँदै यस्तो परम्पराको निरन्तरता यो प्रयास सफलताको कामना गर्नुभयो ।

कार्यक्रमका अतिथि ललितपुर १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले यस्तो महत्वपूर्ण कार्यक्रममा स्थानीय तहको भूमिका सकारात्मक रहने हुँदा त्यसमा आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनु भयो ।

सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै झीगु सःका प्रमुख राजु राजदेव बज्राचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने सुकुन्दा फिल्मस् प्रमुख वासु शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *