मनाेरञ्जन

विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथामा “चन्द्र सूर्य एल्बम” विमोचित

२६ जेठ २०७९, काठमाडौं ।

राष्ट्रिय भावनामा आधारित चन्द्र सूर्य बोलेको गीतको म्यूजिक भिडियो तयार भएको छ ।

“चन्द्र सूर्य एल्बम” को पोष्टर तथा म्यूजिक भिडियोको डिभिडि विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा ८८४८.८६ मिटर माथि गत मिति २०७९ बैशाख ३१ (सन् २०२२ मे १४) नेपाली समय अनुसार विहान ०४ः४९ मा पासाङ्ग तेन्जिङ्ग शेर्पा १४ पटक सगरमाथा आरोहण गरी सफल हुनु भएको र उहाँ १३ वर्षको उमेरदेखि सगरमाथा आरोहणमा लाग्नु भएको थियो ।
आरोहण गर्दाका साथमा अष्ट्रेलियाका सबैभन्दा कान्छो १९ वर्षकी आरोही Ms. Gabby Kanini   सँगै आरोहण गरेका थिए । पासाङ्ग तेन्जिङ्ग शेर्पाले उक्त एल्बम विमोचन गरि हरि गोपाल प्रधानको गीतको विश्व कीर्तिमान राख्नको लागि उक्त गीतको भिडियो संसारको सबैभन्दा अग्लो सगरमाथाको टुप्पामा सार्वजनिक गरेको कुरा वरिष्ठ पत्रकार तथा फोटोपत्रकार एवं समाजसेवी हरि गोपाल प्रधानले बताएका छन् ।

गीतका रचनाकार हरि गोपाल प्रधान, स्वर, संगीत र गीतको निर्देशन हिपहप किङ निर्णय श्रेष्ठले रहेका छन् भने गायन एवं मुख्य भूमिकामा विष्णु चेम्जोङ्ग रहेका छन् । संगितमा बाल कृष्ण थारु, सिनेम्याटोग्राफीमा सोहन मानन्धर, कोरियोग्राफीमा जेनिशा महर्जन तथा अन्य कलाकारहरुमा आराध्य लक्ष्मी खड्की, सरुना श्रेष्ठ, अनुपा राई, करुणा राई, आमीर तामाङ, सोनु नेपाली रहेका छन् । श्रृगांरमा हेमा पुन मगर, मुना थापा मगर, ड्रेस डिजाइनमा कुसुम श्रेष्ठ तथा फोटोग्राफीमा पद्यसागर कक्षपती, राजेश मानन्धर र राजेन्द्र चित्रकार एवं साउण्डमा निकेश सुवेदीले रहेका छन् ।

उक्त म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *