१५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न
३० जेठ २०७९, उद्धव शाही, काठमाडौं ।
गत जेठ १५ गतेदेखि नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाद्वारा सञ्चालित १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम हिजो सम्पन्न भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सहभागीहरूले प्रशिक्षण पश्चात् पनि निरन्तर यस क्षेत्रमा लागि रहनुपर्ने र पत्रकारितामा इमानदारिताको खाँचो रहेको औँल्याए ।

काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा सम्पन्न उक्त तालिममा अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखन आदि विषयमा केन्द्रित थियो ।
१५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिममा सुरेश किरण मानन्धर, वेदबहादुर राना मगर, केपी ढुंगाना, मनोज रत्न शाही, प्रमिला मानन्धर र शोभा महर्जन बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रमका सभापति एवं नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाका अध्यक्ष अर्विन्द्रमान सिंहले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरूलाई धन्यवाद दिनुका साथै प्रशिक्षार्थीहरूकाे उज्ज्वल भविष्यको कामना गरे ।