संस्कृतिस्थानिय समाचार

रातोमत्स्येन्द्रनाथको भोटो जात्रा जेष्ठ २१ गते

१२ जेष्ठ २०७८, ललितपुर ।

आज मंगलबजारस्थित श्री मणिमण्डप पाटी (सोह्र खुट्टे पाटी जसलाई साइतपाटी पनि भनिन्छ) मा मत्स्येन्द्रनाथको रथ जात्रासँग सम्बन्धित ज्योतिषहरूको समूहले साइत हेरेपछि जाह्वलाखेल जात्रा जेष्ठ १८ गते र भोटो जात्रा जेष्ठ २१ गतेको साइत जुराएको छ ।

२१ गते भोटो जात्रा पश्चात मत्स्यन्द्रनाथलाई खटमा बिराजमान गराई बुंगमती पु¥याएपछि यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुँदैछ ।

नेपालमा मध्यकालको प्रारम्भदेखि प्रचलनमा रहेको यो जात्रा प्रत्येक वर्ष बैशाख शुक्ल प्रतिपदादेखि शुरु भै ललितपुरका विभिन्न निर्धारित मार्ग भई यात्रा सञ्चालन भएर जाह्वलाखेलमा भोटो जात्रा पश्चात मत्स्येन्द्रनाथलाई खटमा राखी बुङ्गमती लगेपछि जात्रा सम्पन्न हुन्छ ।

तस्बिर  सुप्रिन्स शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *