साहित्य

शब्दयात्रा प्रकाशनद्वारा सम्मान तथा पुस्तक सार्वजनिक

१४ चैत्र २०७८, बनेपा ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको विशेष आतिथ्यतामा हिजो स्रष्टा उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक गर्नुभयो ।

शब्दयात्रा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रमका सभापति तथा विश्व रेकर्ड कायम गरेका गीतकार हरि गोपाल प्रधानलाई शब्दयात्रा विशेष सम्मान, भरत जङ्गमलाई सिर्जना सम्मान, गीता केशरीलाई प्रशासनिक महिला प्रतिभा सम्मान, प्रा. डा. जगदीश वैद्यलाई सामाजिक जागरण सम्मान, प्रा. डा. टङ्कनाथ शर्मालाई शिक्षा सम्मान, प्रा. डा. रमेशकुमार मास्केलाई विज्ञान–प्रविधि सम्मान, शरच्चन्द्र वस्तीलाई स्तम्भकार सम्मान, तिलकप्रसाद लुइँटेललाई राष्ट्रझङ्कार सम्मान, प्रा. डा. नन्दीश अधिकारीलाई शिक्षक सम्मान र निर्मला श्रेष्ठलाई शोध सम्मान समर्पण गरिएको थियो ।

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा शब्दसारथी उपाधी प्राप्त भाषासेवी हरि मञ्जुश्रीले संस्थागत विषयमा जानकारी दिँदै सहभागीलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा लोकेन्द्र ढकालले सार्वजनिक गरिएको पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो भने रश्मि हुमागाई, सकुल थापा, शारदाप्रसाद शर्मा, शिव बन्जारा र सङ्गीता केसीले विशेष सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *