जात्रा पर्वफाेटाे फिचरसंस्कृति

श्वेतकाली देवघर प्राङ्गणमा मूथां प्रतिस्थापन गरियो

६ चैत्र २०७८, काठमाडौं ।

श्वेतकाली १२ वर्षे जात्रा अन्तर्गत नेतपाचो स्थित देवघर प्राङ्गणमा हिजो भैरवको प्रतीक स्वरुप मूथां प्रतिस्थापन गरियो । १२ वर्षे जात्राको क्रममा कुनै पनि विघ्नबाधा नआओस्, देशमा सुख, शान्ति रहिरहोस् भन्ने कामना सहित उक्त मूथां प्रतिस्थापन गरिएको जनाइएको छ ।

उक्त मूथां गत २ गते स्वयम्भु वनबाट विशेष पूजा पश्चात वृक्ष कर्तन गरी बाजागाजा सहित जात्रा गर्दै देवघर प्राङ्गणमा पु-याइएको थियो ।

७ गते कलशसोधन पूजा, ८ गते घंघला सी पूजा, १० ते च्यानुई मुनेगु पश्चात १३ गते सम्पूर्ण देवगणको देश परिक्रमा हुन्छ भने १७ गते पाहाँचह्रेका दिन द्यः बिज्याकेगु अन्तर्गत सम्पूर्ण देवगण नरदेवी मन्दिर अगाडि डबलीमा आई १८ गतेसम्म नाच प्रदर्शन हुन्छ ।

हरेक वर्ष हुने नाच भन्दा यस १२ वर्षे नाचमा फरक दृश्यहरु अवलोकन गर्न पाइनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *