मनाेरञ्जन

प्रशान्त र स्टेफनी अभिनित होली इष्ट एण्ड वेष्ट गीत सार्वजनिक 

३ चैत्र २०७८, काठमाडाैं ।
विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालले सृजना गरेको यस गीतमा प्रसिद्ध काेरियाेग्राफर एवं कलाकार प्रशान्त ताम्राकार तथा अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनकाे अभिनय रहेको छ ।
ललितपुरको सांस्कृतिक महत्वले भरिएको भिंछेबहालमा छायाँकन  गरिएको उक्त गीत नेपाली, नेपालभाषा, मैथिली, अँग्रेजी भाषाको समिश्रणमा तयार भएको हो । प्रोजेक्ट बाजा नेपालका अध्यक्ष फिरोज बज्राचार्यको अवधारणा तथा विश्वास बज्राचार्यको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सुरज नापित, मंजिल शाक्य, अमोघवीर बज्राचार्य, रोजिना सुवाल, आराध्यलक्ष्मी खड्गी, डिना बज्राचार्य, सुमन बज्राचार्य (कालु), त्रिरत्न बज्राचार्य लगायत ४० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
सागर आचार्य तथा बिजन राज बज्राचार्यको सिनेमाटोग्राफी अनि रोशन गिरी, अभिषेक शाक्य र आकृष्ट शाक्यको छायाँकन रहेको यस गीतमा छायाँकनमा अग्नेश लामाले पनि साथ दिएका छन् भने मेकअप पूजा शाही, रिना महर्जन, संगीता डंगोलले गरेका हुन् । कलाकारहरुको स्टाइलिङ्ग स्वेता शाक्यको रहेको छ।
फागु पूर्णिमाको अवसरमा मनाइने यस पर्वकै समय छाउने उमंगबीचको माहौलमा नेपाल भ्रमणमा रहेकी एक युवतीको मनमा पलाएको प्रेमको कथा यस म्यूजिक भिडियोले सुन्दर ढंगले वर्णन गरेको छ ।
फिरोज बज्राचार्यले नै अडियो निर्माण गर्नुभएको यस गीतको रेकर्डिष्ट सुजन डंगोल हुन् । गीतमा स्वप्न सुमन, केञ्जलमेहर श्रेष्ठ, अनु शाक्य, रचना दाहाल, रामकृष्ण ढकाल, धर्मेन्द्र सेवान, प्रभुराज ढकाल, सुमन कपाली, सुमन बज्राचार्य, सुरजवीर बज्राचार्यको स्वर रहेको छ भने गायनमा त्रिरत्न बज्राचार्य, सुनील बज्राचार्य, रुपेश बज्राचार्यको साथ रहेको छ । गीत सृजनामा वाद्यवादन तर्फ भने सरोद वादक सुरेशराज बज्राचार्य, भ्वाइलन तथा जलतरंग वादक मिलन तण्डुकार, गितार वादक हरि महर्जन, ड्रम वादक निखिल तुलाधर, बेस गितार वादक रिजु तुलाधर, ताल वादक लक्ष्मीप्रसाद डंगोल, बिपु श्रेष्ठ, बाँसुरी वादक स्वर्णिम महर्जन, गितार वादक सुजन डंगोल, पोंगा वादक कृशल डंगोल, भुस्याः वादक प्रशन्न श्रेष्ठको साथ रहेको छ । म्यूजिक भिडियो कोरियोग्राफी राजिप बज्राचार्यले गरेका हुन् भने सम्पादन अनुप पौडेलले गरेका हुन् । छाँयाङ्कनमा ललितपुर साउन्ड एन्ड लाइटस् सर्भिसका सुजित नापित र मनोज मोक्तानले प्राभिधिक पक्षमा सघाएका थिए।
प्रोजेक्ट बाजा नेपाल नेपाली परम्परागत संगीत संरक्षण एवं प्रवद्र्धनका लागि विभिन्न रचना मार्फत क्रियाशील रहँदै आएको सांगीतिक समूह हो ।
म्यूजिक भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः
https://www.youtube.com/watch?v=4hdkVKX3b5A

Leave a Reply

Your email address will not be published. Required fields are marked *