११२ औं नारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
२५ फागुन २०७८, काठमाडौं ।
१३ वडा महिला बिकास समिती र नेपाल स्वयंमसेवी रक्तदाता समाज १३ वडा नगर समितिको संयुक्त आयोजनामा ११२ औं नारी दिवसको अबसरमा हिजो कालिमाटी चोकमा एक वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ७१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए । जसमा महिला स्वयंसेवी रक्तदाताको सहभागिता उल्लेख्य रहेको छ ।

काठमाडौं महानगर १३ वडाका वडाध्यक्ष ध्रुव नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा. मनिता राजकर्णिकार, नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित लगायतको उपस्थिति रहेको थियो ।

उक्त रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न गर्नको लागि कालिमाटी फ्रेण्डशिप क्लब, क्लब मार्ग सामुदायिक बिकास केन्द्र, ज्ञानोदय पुर्व बिध्यार्थी समाज नेपाल (ज्ञान), झीगु धुकु बचत तथा ऋण सहकारी संस्था लि., का.म.पा. १३ वडा कार्यालय, महानगरिय प्रहरी बृत्त कालिमाटी, महानगरिय ट्राफिक प्रहरी बृत्त कालिमाटी, रक्तदाता समाज २० वडा, नेपाल रेडक्रस सोसाईटी, स्वछन्द निर्माण सेवा लगायतले स्थानिय भद्रभलादमीले सहयोग गरेका थिए ।
