काठमाडौंको सांस्कृतिक महोत्सव येँयाः को लागि योसिं (इन्द्रध्वज) भोटाहिती पु-याइयो
काठमाडौं, २५ भाद्र २०७८ ।
येँयाः (इन्द्रजात्रा) को लागि भाद्र २३ गतेको शुभ साइतमा वन–यात्रा अन्तर्गत नालास्थित योसिंगुँमा विशेष पूजा आजा सहित वृक्ष कर्तन गरिएको योसिं हिजो नगर प्रवेशद्वार भोताहिती पु-याइयो ।

गुरुजुको पल्टन सहितको बाजागाजा साथ आगामी २९ गते नगर प्रवेश गराई हनुमान ढोका पु-याइनेछ भने आश्विन २ गते बिहान ६ः५१ को शुभ साइतमा योसिं उठाई येँयाः (इन्द्रजात्रा) को शुरुवात गरिनेछ ।

आगामी असोज ८ गते राति १०ः३६ बजे योसिं (इन्द्रध्वज) ढालि बागमतीमा सेलाएपछि यस वर्षको काठमाडौंको सांस्कृतिक महोत्सव येँयाः समाप्त हुनेछ ।
कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष नालादेखि नै योसिंलाई डोजरको सहायताबाट भोटाहिती ल्याइएको हो ।
