राजनीतिस्थानिय समाचार

राजा शाक्यको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी कामपा १५ वडा गठन

२० भाद्र २०७८ ।
काठमाडौं ।

प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठको उपस्थितिमा नेकपा एकिकृत समाजवादी पार्टी कामपा १५ वडा कमिटीको कार्यकर्ताहरूसंग भेटघाट एवम् भेला कार्यक्रम गरियो ।

राजा शाक्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमबाट नेकपा एकीकृत समाजवादी पार्टी १५ वडा कमिटीमा राजा शाक्यको नेतृत्वमा ४७ जनाको कमिटी गठन गरियो ।

उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा महानगर सयोजक रामेश्वर श्रेष्ठ, प्रदेश कमिटी सदस्य, कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल, काठमाडौ जिल्ला सदस्यहरु मैयाँ लक्ष्मी महर्जन, भिमसेन राजवक, अमर रन्जित लगायतको उपस्थित रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *