जनकवि दुर्गालाल श्रेष्ठको जीवनी यही सालभित्र प्रकाशित हुने

२१ साउन, २०७८ ।
काठमाडौं ।

नेपाल सम्वत् अनुसार हिजो जनकवि दुर्गालाल श्रेष्ठको जन्म दिन हो । श्रावण कृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ आज ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानद्वारा प्रेषित प्रेस विज्ञप्ती अनुसार अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी‘कविकथा’ लेखनको अन्तिम चरणमा छ । सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको छ । प्रतिष्ठानको अनुसार सो कृति चित्रमय हुने जनाइएको छ ।

नेपालभाषामा उनको जीवनी पुस्तक दुइ वर्ष अघि (ने. सं. ११३९) नै प्रकाशित भएको थियो । उक्त पुस्तकका डिजाइनर रविन साय्मि थिए । अमेरिका र बेलायतमा रहेका नेवार संगठनहरूको सहयोगमा प्रकाशित सो जीवनी पुस्तक बन्दाबन्दीको कारण विमोचन कार्यक्रम स्थगित रहन गएको थियो । परिस्थिति अनुकुल भएमा दुवै भाषाका पुस्तक एउटै समारोह गरी विमोचन गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *