संस्कृतिस्थानिय समाचार

येँयाःमा मजिपाः लाखे आजुको जात्रा व्यवस्थित गर्नको लागि छलफल कार्यक्रम सम्पन्न

२०७८ भाद्र १९, काठमाडौं ।

गत भाद्र ३ गते नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा येँयाः (इन्द्रजात्रा) को साइत प्रकाशित भएसँगै शुरु भएको येँयाःको चहलपहलका बिच आज मजिपात स्थित लाखे ननिमा श्री लाखे आजु गुथि परिवारद्वारा आयोजित इन्द्रजात्रामा श्री लाखे आजुको जात्रा व्यवस्थित तथा मर्यादित ढंगले संचालन गर्नको लागि एक छलफल कार्यक्रम सम्पन्न भयो ।

श्री लाखे आजु गुथिका निमित्त थकाली श्री दिपक रंजितको सभापतित्वमा आयोजित सो कार्यक्रममा लाखे आजु जात्राका क्रममा विगतमा भएका विसंगति र विकृतिहरुलाई निर्मूल गरिने बताए । साथै जात्राका क्रममा हुने अमर्यादित क्रियाकलापहरुलाई पनि निरुत्साहित गरिने बताए ।

कार्यक्रममा यसै वर्षदेखि महिला दिदीबहिनीहरुलाई जात्रामा बाजा बजाउन प्रोत्साहित गरि इच्छुक महिला दिदीबहिनीहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यस वर्ष कोभिडका कारण जात्रा नगरी नहुने स्थानहरुमा बाहेक अन्य पूजा लिन बोलाएको ठाउँमा लाखे जात्रा नगरिने पनि गुथिका एक गुथियारले बताए ।

कार्यक्रममा बागमती प्रदेशका सांसद राजेश शाक्य, का.म.पा. २० का वडाध्यक्ष राजेन्द्र मानन्धर, जनसेवा प्रहरीका प्रमुख लगायत पूर्व वडाध्यक्ष एवं स्थानीय गण्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *