१५ वडाका युवाहरुको क्रियाकलाप सह्राहनिय – शिव सुन्दर राज वैद्य
१९ बैशाख, २०७८ ।
उद्धव शाही, काठमाडौं ।
जिल्ला समन्वय समितिका प्रमुख एवं नेकपा एमाले क्षेत्र नं ८ का इन्चार्ज शिव सुन्दर राज वैद्यले हिजो १५ वडा भित्र भइरहेको गतिविधि तथा कार्यक्रमकाे निरीक्षण गरेको छ ।

निरीक्षण पश्चात आफ्नो छोटो भनाई राख्दै निज बैद्यले नेकपा एमाले १५ वडा कमिटी तथा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले गरिरहेका जनचेतना मुलक माइकिङ कार्य एकदमै सह्राहनिय बताउँदै नेवाः मुस्लिम समाजको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा संचालन शुरु गरेको महानगरपालिका भित्र एक उदाहरणिय भएको बताए । यस्ता कार्यक्रम अरु वडाले पनि अनुशरण गर्नुपर्ने बताउँदै यस्तो महामारीको समयमा सतर्क भएर स्वयंसेवक परिचालन गर्न निर्देशन दिंदै आवश्यक भौतिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय तथा स्थानीय स्तरका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।
