रामकृष्ण खड्गी निर्देशित “भ्वासि जुया”को म्यूजिक भिडियो लोकार्पण

ललितपुर, १६ बैशाख २०७८ ।

नेपालभाषा चलचित्र जगतका सुपरस्टार रुपेन थेच्वोमि अभिनित म्युजिक भिडियो “भ्वासि जुया”को लोकार्पण हिजो एक कार्यक्रम बिच सम्पन्न भयो ।

लोकार्पण गरिएको म्यूजिक भिडियोले परम्परागत संगीत, ऐतिहासिक एवं पुरातात्विक सम्पदा क्षेत्र तथा नयाँ भेषभूषाको सम्मिश्रणले दर्शकलाई तान्ने विश्वास गर्न सकिन्छ ।

चिरपरिचित निर्देशक रामकृष्ण खड्गीको निर्देशनमा तयार भएको सो म्यूजिक भिडियोमा नवोदित कलाकार मुस्कान राजभण्डारीको अभिनय पनि रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि स्वयम्भू ज्ञानमाला भजन खलःका अध्यक्ष गायिका रमना श्रेष्ठ, वरिष्ठ संगीतकर्मी अमर राज राजोपाध्याय, सिने पत्रकार विजय असंबरे लगायतले गित र म्यूजिक भिडियो लगायत गित संगितको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

लोकार्पित म्यूजिक भिडियोको मेकअपमा पूजा शाही, छायांकनमा रकि महर्जन र सम्पादनमा बालकृष्ण वंशी रहेको उक्त म्युजिक भिडियोमा गायन क्षेत्रमा पुनरागमन गरेका सुमन श्रेष्ठ (मुना) को स्वर रहेको छ ।

गितको शब्दमा चण्डेश्वर महर्जन, संगितमा सुरेन्द्र श्रेष्ठ र म्यूजिक एरेन्जमा जिवित जल्मी रहेका छन् ।

लोकार्पित म्यूजिक भिडियो “भ्वासि जुया” हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् —

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *