संस्कृतिस्थानिय समाचारस्वास्थ्य

तेमाल जात्रामा १५ वडा युवाको सहकार्य

काठमाडौं, १५ बैशाख २०७८ ।

हिजो राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा स्वयम्भू भगवान पाउमा तेमाल जात्राको अवसरमा हुने दर्शनार्थीहरुको उच्च चापलाई नियन्त्रण गर्नुका साथै कोरोना कोभिड–१९ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमाले महानगर सदस्य उद्दब खड्गीले युवा संघ नेपालले प्रहरीसँग सहकार्य गरी कोरोनामात्र नभई हरेक सामाजिक कार्यमा अघि बढ्न हरदम तयार रहेको बताए ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तद्वारा कोरोना कोभिड–१९ लाई मध्य नजर राखी स्वयम्भू वरपर जात्राले भएको दर्शनार्थीहरुको नियन्त्रण गर्नुका साथै स्वयम्भू महाचैत्य परिसरमा जान समेत रोक लगाएका थिए ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले कमिटीले १५ वडा भित्र समाजिक, आर्थिक, खेलकूद लगायत हरेक क्षेत्रमा स्थानीय युवाहरुलाइ अगाडि बढाउने र आजको कार्यक्रममा सहकार्य गरेर साथ दिनुहुने स्वयम्भू प्रहरी वृत्त लगायतलाई धेरै धेरै धन्यवाद दिदै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताए ।

 

आफू पनि बचौं अरुलाइ पनि बचाऔं भन्ने नाराका सहित स्वास्थ्यचेतना जगाउनुका साथै १५ वडा बासिहरुलाई कोरोनाबाट बचाउन राष्ट्रिय युवा संघ नेपालको स्थानीय सदस्यहरुलाई निरन्तर स्वयंसेवकको रुपमा परिचालन गरि अगाडि बढिरहेको छ ।

उक्त कार्यक्रममा स्थानीय कमिटीका सदस्यहरु लगायत गन्यमाण्य व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *