स्थानिय समाचारस्वास्थ्य

काेराेनाबाट आफू पनि बचाैं अरुलाई पनि बचाऔं

काठमाडाैं, ११ बैशाख २०७८ ।
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा स्वयम्भू भगवान पाउमा कोरोना कोभिड-१९ सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ।
हाल विश्वभर र  नेपालमा पनि पुनः कोरोना संक्रमीत बढीरहेको अवस्थामा काेराेनाबाट आफू पनि बचाैं अरुलाई पनि बचाऔं भन्ने नाराका सहित जनचेतना जगाउनुका साथै बिना मास्क हिड्डुल गर्ने ब्यक्तिहरुलाई केहि बेर यथास्थानमा होल्डमा राखी हालमा मानिसहरुको लापरबाहीका कारण कोरोनाबाट हुन सक्ने क्षती सम्बन्धमा चेतनामूलक ज्ञान सहित मास्क पनि वितरण गरिएको थियाे ।
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी र स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा आज भएको कार्यक्रम काठमाडौं महानगर भित्र यो पहिलो कार्यक्रम रहेको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा क्षेत्र नं ८का उत्प्रेरक एवं नेकपा एमाले महानगर सदस्य निसार उद्दिनले  १५ वडामा मात्र नभई क्षेत्र नं ८ भरी राष्ट्रिय युवा संघ नेपालले प्रहरीसँग सहकार्य गरी कोरोना मात्र नभई हरेक समाजिक कार्यमा आफूले युवाहरुलाइ उत्प्रेरणा दिइ अगाडि बढाउने र केन्द्रकाे तर्फबाट पनि सहयोग रहने बताए ।

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले यहाँका युवाहरुलाई लक्षित गरी विविध सामाजिक, आर्थिक, खेलकूदका गतिविधीहरू संचालन गर्ने लक्ष्य रहेकाे बताउँदै बिगतमा कमिटीकाे आफ्नै निजि श्रोतमा विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको बताए ।
उक्त कार्यक्रममा स्थानिय समाजसेवीहरूकाे उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *