मनाेरञ्जन

पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ सार्वजनिक

ललितपुर, १२ बैशाख २०७८ ।

“यो मन मेरो मन कहिल्यै नबलिदिनु
दुःखमा न आत्तिदिनु सुखमा न मात्तिदिनु
यो मन मेरो मन कहिल्यै नबलिदिनु”

गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वाद्यवादकहरु सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको उक्त म्यूजिक भिडियोको छायाँकन, सम्पादन तथा निर्देशनमा अमर चित्रकार रहेका छन् ।

विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको सर्जक पुष्पराजले बताए ।

प्रमुख अतिथि सिनेपत्रकार विजयरत्न असंबरेले गीत सुन्दर बनेकोले लोकप्रिय हुनेमा आशावादी रहेको बताए ।

अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष एवं कलाकार सुरजवीर बज्राचार्यले यहि सुन्दर गीतको माध्यमबाट प्रतिभाशाली कलाकार पुष्पराज शाक्यको नेपाली सांगीतिक क्षेत्रमा सुखद उपस्थिति बनोस् भनी शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा अतिथि निर्देशक सुरेन्द्र तुलाधरले गीतको प्राविधिक पक्षको समेत तारिफ गर्दै सर्जक पुष्पराजको उत्तरोत्तर प्रगतिको कामना गरे ।

भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ज्योति रेकर्डस्मा रेकर्ड भएको उक्त गीतको मिक्सिङमा फिरोज बज्राचार्य रहेको छ ।

उक्त म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *