निःसहाय सेवा सदनलाई १ महिनाको लागि आवश्यक औषधि हस्तान्तरण
काठमाडौं, ४ बैशाख २०७८ ।
स्पोर्टस् एण्ड इन्भारोन्मेट कमिसनकोे आयोजनामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा निःसहाय सेवा सदन जेष्ठ नागरिक आवासगृहमा रहनु भएका जेष्ठ नागरिकहरुलाई १ महिनालाई आवश्यक पर्ने औषधी, हिवल चेयर र मास्क संस्थाका कोषाध्यक्ष श्री शंकर प्रसाद गजुरेललाई एक समारोहका विच हस्तान्तरण गरे । साथै आगामी दिनहरुमा यस्ता सेवाहरु ओलम्पिक कमिटीबाट निरन्तर हुने समेत जानकारी गराए ।

सोही अवसरमा कमिशनका अध्यक्ष गोवर्धन श्रेष्ठज्युले नव वर्ष २०७८ सालको शुभकामना दिदै आउने दिनहरुमा अन्य उपलब्धीमूलक कार्य ल्याउने जानकारी दिए भने संस्थाका कोषाध्यक्षले सदनवासीमा खुशी छाएको बताउँदै धन्यवाद ज्ञापन समेत गरे ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।