कलासंस्कृतिस्थानिय समाचार

ऐतिहासिक नगरी टोखाका सांस्कृतिक सम्पदाहरुको चित्रकला प्रदर्शनी शुरु

काठमाडौं, २ बैशाख २०७८ ।

ऐतिहासिक नगरी टोखाको वडा नं. २ र ३ का सांस्कृतिक र पुरातात्विक सम्पदा क्षेत्रहरुलाई समेटी स्थानिय र बाह्य गरी २५ जना कलाकारहरु र केही स्थानीय विद्यार्थी भाइबहिनीहरुले तयार पारेका आकर्षक चित्रहरुको प्रदर्शनी हिजोबाट टोखाको गणेश पोखरीमा शुरु भएको छ ।

आगामी ४ गतेसम्म संचालन हुने सो चित्रकला प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक राज जोशीले गरेका थिए ।

प्रमुख अतिथि जोशीले ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकिय नगरी तोखामा भएको यस किसिमको कार्यक्रममा आफू पनि सरिक हुने सौभाग्य पाएकोमा खुशी लागेको बताउँदै यसले यहाँको कला, संस्कृति र सम्पदा संरक्षणमा टेवा पु-याई पर्यटन प्रबद्र्धनमा सहयोग पु-याउनेमा आफू विश्वस्त रहेको बताए ।

संयोजक दिव्यस प्रधानको संयोजकत्वमा शुरु भएको ‘साटरडे प्लेन एयर वर्कसप’ अन्तर्गत तोखा सिरिज’को नाममा “भिन्टेज तोखा – रिकलिङ दी आन्टीक्वीटी” अन्तर्गत विगत ५ हप्तादेखि हरेक शनिबारका दिन कोरिएका ७५ चित्रहरुको प्रदर्शनी गरिएको हो ।

यस भन्दा अघि ‘साटरडे प्लेन एयर वर्कसप’ अन्तर्गत मुमेन्ट विथ हेरिटेज, एक्स्प्लोरिङ भक्तपुर, भोटेकोशी सभ्यताको सौन्दर्य, जीवन्त मध्यपुर र रसुवा कलायात्रा अन्तर्गत पनि चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा कलाकार र सहयोगी हातहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *