१५ वडामा मेलम्ची सम्बन्धमा अन्तरक्रिया सम्पन्न
काठमाडौं, १५ चैत्र २०७७ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यज्युको प्रमुख आतिथ्यमा हिजो नेकपा एमाले १५ वडा कमिटीद्वारा आयोजना गरेको युनिट १ को भेला एवं स्थानीयबासीहरुसँग मेलम्ची एवं स्थानीय बिकास निर्माण सम्बन्धी अन्तरक्रिया भब्यताका सम्पन्न भएको छ ।
प्रमुख अतिथि मेयर शाक्यले स्थानीयहरुको समस्याको सम्बोधन गर्दै सबै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । मेलम्चीका पाईप विछ्याउने सम्बन्धमा काठमाडौं महानगर पुर्वाधार प्रमुख राम बहादुर थापाज्युलाई काठमाडौं खानेपानी संस्थानसँग समन्वय गरी बाटो तथा ढल निर्माण कार्य चाँडै अघि बढाउन पनि निर्देशन दिनुभयो ।
काठमाडौं खानेपानी संस्थान प्रमुख मिलन शाक्यले स्थानीयहरुलाई एउटा कमिटी निर्माण गरी कहाँ कहाँ मेलम्चीका पाईप विछ्याउन बाकी रहेको स्थान पहिचान गरि पि.आइ.डि को कार्यालय अनामनगरमा निवेदन दिन आग्रह गर्नु गर्दै मेलम्चीका पाईप नभएको स्थानहरुमा चाडैले पाईप विछ्याउने प्रतिबद्धता पनि जनाउनु भयो । साथै खानेपानी सम्बन्धी कुनै समस्या भए क्षेत्रपाटी स्थित खानेपानीको कार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गर्नुभयो ।
उक्त भेलामा प्रदेश सांसद माननीय राजेश शाक्य, नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउला, काठमाडौं खानेपानीका प्रमुख मिलन शाक्य, काठमाडौं महानगर पुर्वाधार प्रमुख राम बहादुर थापा, नेकपा एमाले काठमाडौं क्षेत्र नं ८ का संयोजक निमा घ्यम्छो, सचिव उदय पसखल, कार्यालय सचिव आनन्द राम गौतम, महानगर कमिटीका सदस्यहरु लक्ष्मण शाही, बिजय पसखल, नबिना तिवारी लगायत राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य निसार उद्दिन लगायतको उपस्थिति रहेको थियो ।