राजनीति

स्पष्टवक्ता कांग्रेसी नेता नविन्द्रराज जोशी रहेनन्

काठमाडौं, १५ चैत्र २०७७ ।

विगत एक महिना अघिदेखि मस्तिष्काघात भई भेन्टिलेटरमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको गत शुक्रबार निधन भएको छ ।

हिजो शनिबार पशुपतिस्थित आर्यघाटमा वहाँको पार्थिव शरीरको अन्त्येष्टि गरियो । अन्त्येष्टि पूर्व वहाँको पार्थिव शरीरलाई बिहान नर्भिक अस्पतालबाट वहाँको यट्खास्थित निवासमा श्रद्धाञ्जलीको लागि राखिएको थियो । तत्पश्चात वहाँको पार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा राखिएको थियो जहाँ शुभचिन्तक, कार्यकर्ता र नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मेट्रो काठमाडौं परिवार वहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *