खेल

जैशीदेवल डोजाङ्गका खेलाडीहरुलाई ट्राय्कसुट वितरण

काठमाडौं, चैत्र ८ २०७७ ।

जैशीदेवल युथ क्लबद्वारा हिजो आयोजित एक कार्यक्रम विच जैशीदेवल तेक्वान्दो डोजाङ्गका जुनियर खेलाडिहरुलाई ग्रेडिङ प्रमाणपत्र वितरण तथा गत माघ २३ र २४ मा सम्पन्न प्रथम मेयर कप आमन्त्रण तेक्वाण्डो प्रतियोगितामा उक्त क्लबको डोजाङ्गबाट सहभागी प्रतियोगी खेलाडीहरुलाई ट्राकसूट वितरण गरियो ।

उच्चमाध्यमिक तथा माध्यमिक विद्यालयहरुको छाता संगठन हिसानका उपाध्यक्ष युवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा खेलकूद र शिक्षा एक अर्काको पूरक रहेको कुरामा जोड दिंदै शर्माले क्लबले गर्दै आएका क्रियाकलापहरुको सह्राहना गर्नुभयो ।

नेपाल तेक्वाण्डो संघ बागमती प्रदेशका उपाध्यक्ष, पाटन संयुक्त क्याम्पसका सह–प्राध्यापक एवं क्लबका सल्लाहकार प्रकाश खड्गीले खेलमा गुरु र शिष्यको सम्बन्धका बारेमा प्रकाश पार्दै खेलाडीहरुको प्रगति र उन्नतिको कामना गर्नुभयो ।

क्लबका अध्यक्ष एवं डोजाङ्गका मुख्य प्रशिक्षक राजेश प्रजापतिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वर्षातको समयमा तेक्वाण्डो प्रशिक्षणमा आएको अप्ठ्यारोलाई निराकरण गरिदिएकोमा वडाध्यक्ष, मेयर कपमा सहयोग गर्ने सहयोगी हातहरु लगायत खेलाडीहरुको मनोवल उच्च राख्न ट्राकसूट सौजन्य स्वरुप प्रदान गर्ने प्रिफेक्स नेपाल लगायतलाई धन्यवाद दिंदै क्लबले आगामी दिनहरुमा खेलकूद लगायत समाजसेवाका विविध कार्यक्रमहरु संचालन गर्ने र सहभागिता जनाउने जानकारी दिनुभयो ।

क्लबका महासचिव चन्द्रगोपाल प्रधानले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अन्य अतिथि वक्ताहरुले क्लबको उन्नति र प्रगतिको कामना गरेका थिए ।

क्लबका सदस्य राजेन्द्र मानन्धरले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुबाट प्रिफेक्स नेपालबाट सौजन्य स्वरुप प्राप्त भएको ट्राय्कसुट गत माघ २३ र २४ मा सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीहरुलाई वितरण गरिएको थियो भने जुनियर खेलाडीहरुलाई ग्रेडिङ प्रमाणपत्र वितरण गरिएको थियो । साथै डोजाङ्गका उत्कृष्ट प्रथम हाफ बेल्ट खेलाडी सुरेश लिम्बुलाई सम्मान स्वरुप तेक्वाण्डो डोबक पनि प्रदान गरिएको थियो ।

अध्यक्ष एवं डोजाङ्गका मुख्य प्रशिक्षक राजेश प्रजापति रहेको उक्त डोजाङ्गमा अन्जित रन्जित प्रशिक्षक र विशेष प्रशिक्षकमा कविराज खड्गी रहेका छन् भने हाल ५० खेलाडीहरु नियमित प्रशिक्षणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *