जात्रा पर्वफाेटाे फिचरसंस्कृति

मंगलबजारमा आज हिरण्यकश्यपको बध हुने

मंसिर १३, ललितपुर ।

कोभिड संक्रमणको जोखिमका कारण २ दिनमा छोट्याइएको कार्तिक नाच (कात्ति प्याखं) अन्तर्गत हिजो पहिलो दिन मंगलबजार स्थित कार्तिक नाच डबलीमा आकर्षक बराह अवतार नाच प्रस्तुत भयो ।

पुराणानुसार बराहले हिरण्याक्षलाई बध गर्ने भएपनि नाचमा हिरण्याक्षलाई भगाइएको दृश्य प्रस्तुत गरिंदै आएको छ । यस अघि र पछि अन्य नाचहरु पनि प्रस्तुत गरिएको थियो ।

आज असत्यका प्रतिक हिरण्यकश्यपको बध गरी धर्मको रक्षा गर्न नृसिंह अवतार लिएको भाव झल्काउने आकर्षक नृसिंह अवतार नाच प्रस्तुत हुनेछ ।

हिजो नाच शुरु हुनु अघि ललितपुर महानगर १६ का वडाध्यक्ष निर्मल रत्न शाक्यले बराहको नयाँ मतु कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई हस्तान्तरण गरे को थियो भने कार्तिक नाच निरन्तर संचालनको लागि अक्षय कोषको आवश्यकता महशुस भएकोले १६ वडाबाट यस वर्ष रु. १० लाखको चेक पनि हस्तान्तरण गरियो । अर्को वर्ष रु. ५० लाख बजेट बिनियोजन गरिएको बताए भने ललितपुर महानगरपालिकाबाट पनि थप गर्दै अक्षय कोष वृद्धि गर्दै लैजाने योजना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *