साहित्य

कविता “हाच्छ्यूँ गरि सकेपछि”

लेखक – कबिन्द्र लाल प्रधान
यल

कविता “हाच्छ्यूँ गरि सकेपछि”

देश
अहिले एउटा गतिलो हाच्छयूँको पर्खाईमा छ
जसले
व्यक्तिवादी कोरोनालाई भगाउन सकोस्
न त
डाक्टरी विद्याले ढुकुटी बलियो बनाउन सक्यो
न त
खड्गले नै केही गर्न सक्यो
बेसारपानी खान पाउनु नपाउनु कुरा
भ्यागुतालाई धार्नीमा जोख्नु हो
एउटै विश्वास बाँकी छ,
एउटा गतिलो हाच्छ्युँले
विकारहरू भगाई देलान् ।

देश
अहिले एउटा गतिलो हाच्छयूँको पर्खाईमा छ
जसले
व्यक्तिवादि कोरोनालाई भगाउन सकोस्
न्हूदँया भिन्तुनाले
असन्तुलित चेतनालाई नास गरि देओस्
तिहारको गोवरले
उखाने शासनको बुद्धिभित्रको किरा सबै मरोस्
दिपावलीको पावन अवसरमा
जनजनको समृद्धी
देशभरी शान्त सुन्दर झिलिमिली होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *