जात्रा पर्वफाेटाे फिचरमहानगर समाचारराष्ट्रिय समाचारसंस्कृति

निषेधाज्ञाका बिच रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु र नमीठो झडप

भदाै १८, ललितपुर ।

संस्कृतिप्रमीहरुले निषेधाज्ञाका बिच आज रातो मच्छिन्द्रनाथको रथ तान्न शुरुवात गरिएको छ । रथयात्रामा जात्राका गुथियारहरु कसैको पनि संलग्नता रहेकाे छैन । रथ यात्राका क्रममा संस्कृतिप्रेमी र प्रहरीबीच झडप भयो । प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरे भने संस्कृतिप्रेमीहरुको भीडले ढुंगा बर्साए ।

 

गत चैत्र २७ गते रथ निर्माण गर्ने साइत जुरेकोमा कोभिड महामारीका कारण लक डाउन शुरु भएकोले रथ निर्माण गर्ने कार्य रोकिएको थियो । जेठ १० गते लकडाउन खुकुलो भएको समयमा रथ बनाउन अनुमति पाई रथ बनाउन शुरु गरिएको थियो ।

रथ तयार भैसकेपछि रथारोहणको लागि साइत पटक पटक निकाल्दै खारेज गर्दै अन्ततः श्रावण १० गतेको शुभ साइतमा रथारोहण सम्पन्न गरियो । त्यसको ४ दिनपछि मिननाथको समेत रथारोहण सम्पन्न भएको थियो भने सोही दिन रथयात्रा शुरु गर्न गुथियारहरुले अनुमति पाएन र रथयात्रा अनिश्चितकालका लागि रोकियो ।

गुथियारहरुले रथयात्रा शुरु गर्न स्थानिय निकाय, सिडिओलाई पटक पटक हार गुहार गरे । निषेधाज्ञाका बिच सामाजिक दुरि कायम गरी, सुरक्षित तवरले जात्रा संचालन गर्न राष्ट्रपति समक्ष लिखित आग्रह समेत गरिएको थियो ।

परापूर्वकालदेखि अवच्छिन्न रुपमा संचालन हुँदै आएको रथजात्रा यसपालि रोकिई देशमा अनिष्ट हुने डर त्रासले स्थानिय त्रसित बनिरहेको अवस्थामा जात्राप्रेमी संस्कृतिप्रेमीहरुले रथ यात्रा शुरु गरि सक्दा समेत सम्बन्धित पक्षहरु मौन बसेको थियो भने सुरक्षा संयन्त्र शान्ति सुरक्षाको निम्ति तम्तयार भएर बसेको थियो । तर के कारणले झडप शुरु भयो, एकाएक दुबै पक्षले सन्तुलन गुमाए । आजको दिन नेपालको सांस्कृतिक इतिहासमा अर्को एक नमिठो पन्ना थपियो ।

पछिल्लो समय ज्यापु समाज यलले आफ्ना केही स्वयंसेवकहरु पुल्चोक क्षेत्रमा खटाएको छ भने सम्बन्धित पक्षहरु रथयात्रा कसरी सम्पन्न गर्ने भन्ने निक्र्यौलको लागि छलफलमा व्यस्त रहेको जानकारीमा आएको छ ।

तस्वीर ः मन्जित महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *