साहित्यस्वास्थ्य

घर परिवारको सदस्यलाई कोभिद् हुँदाकाे भाेगाई

नातिकाजी महर्जन
विश्वव्यापी महामारी कोभिड उपत्यकाको घरदैलोमा प्रवेश गरिसकेको तत्कालको आँकडाले देखाइरहेको छ । यसै परिप्रेक्षमा कोभिडमा रुमल्लिएका, जकडिएका, तर्सिएका, डराएका यहाँका वासिन्दाहरुमा एक साहशीको एउटा सत्य वृत्तान्त यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । शिक्षाविद्, संस्कृतिमा समर्पित, कामपा १३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री नातिकाजी महर्जनको व्यवहारिक लेख वहाँको फेसबुकबाट यहाँ प्रस्तुत गरिएको छ ।
एकाएक गल्लिमा उभिरहने मान्छेहरू हेर्दाहेर्दै गायब हुन थाल्यो । बाटोमा हिंडिरहेको देख्दा फनक्क फर्केर आफ्से आफ मान्छेहरू कता लुके कता। वरिपरि सामाजिक सन्जालमा हल्ला फिजियो किलागल 18 वडामा कोरोना लाग्यो रे । त्यो बाटो र  गल्लिवाट नहिंड्नु है कोरोना लाग्ला। हाम्रो घर जाने बाटोमा सुनसान छ। मान्छेलाई कोभिड् १९ को राम्रो चेतना आएको मलाई महशूस हुन्छ। किलागल, नरदेवी, ताम्सिपाखा, देक्व सबै सिल गर्ने रे। सामाजिक सन्जाल हुँदै दैनिक थुप्रै फोन आउन थाल्यो । एककान दुईकान मैदान। छरछिमेक सबैलाई हैरान। समस्या कहाँ छ, हल्ला कहाँ छ।
वास्तवमा काठमाडौं महानगर पालिकाको १८ वडा थोरै संक्रमण भएको वडा हो ।  भाद्र १६ गते सम्म ५ जना संक्रमित फेला परेको छ यहाँ। काम विशेषले अफिसमा काम गरी फर्कंदा माइलो भाइले थोरै ज्वरो आएको कुरा मलाई सुनाएको थियो। ईन्द्रजात्राको सांस्कृतिक कार्यक्रमका बिषयमा माईलो र साईलो दुई भाईको १० मिनेट जतिको छलफल पछि एकाएक साईलो भाईलाई पनि ज्वरो आएको महशूस भयो । कतै यो कोभिद संक्रमण होकि भन्ने शंकाले वीर हस्पिटलमा चेक गर्न जांदा परिवारका ४ जनालाई संक्रमण भैसकेको थाहा लाग्यो।
संक्रमण पुस्ति हुनु अघि नै हामीले घर भित्र isolation मा रहन सुरू गर्याैं । म लगायत घरमा सबैजना अलग अलग रहन थाल्याैं । भाईहरू पनि सबै आइसोलेसनमा बस्ने काम भयो । घरमा आमालाई संक्रमणवाट जोगाउनु मुख्य कुरा थियो।
संक्रमण भएका चारैजनालाई सुरूमा ९९ को ज्वरो थियो। बुहारी नानीलाई धुलोको ईन्फेक्सन भएकोले तीन दिन सम्म १०२ को ज्वरो रह्यो। अरू सबैजनामा साधारण रूघाखोकी बाहेक अरू समस्या हाल सम्म रहेन। हामीहरू आआफ्नै कक्षमा रह्याैं। बस्ने कम्पाउण्ड बाहिर आनाजाना बन्द गरयाैं।
वीर हस्पिटलवाट स्वस्थ्य मन्त्रालय हुँदै संक्रमण पुस्ति भएको खवर वडाध्यक्षको मा आईपुगेछ । २०७७ भाद्र ७ गते साँझ वडा अध्यक्षको फोन आयो। के छ खबर ? भाईको बारे यसो खबर आएकोले सोधेको। के छ अबस्था ? हामी स्वास्थ्यकर्मि सहित लिएर भोलि विहान १० बजेतिर आउँछाैं। ट्रेसिङ् गर्नु पर्छ कि विचार गराैंला भन्नू भो। मैले पनि भएको र गरेको सवृतान्त कहें। मेरो काहींलो भाई देक्व टोल विकास समितिको अध्यक्ष भएकोले वरिपरि सुचना सम्प्रेसन गर्ने र आवस्यक कुराहरू छिमेकीहरूको सहयोगमा सपिङ् गरिदिने काम भैरह्यो। छिमेकिले यस्तो महामारीमा जुन सहयोग र तदारूकता देखायो त्यसका लागि म धेरै धन्यवाद दिन चाहन्छु।
नभन्दै देको टोलमा ट्रेसिङ् गर्ने र पि सि आर टेष्ट गराउने निर्णय वडाले गर्यो। भाद्र १२ गते कन्ट्र्याक्ट ट्रेसिङ को आधारमा असी जना लाई पि सि आर टेष्ट लिने काम भयो। त्यसमा देको टोलको हाम्रो परिवारको मात्र ट्रेसिङ्ममा परेको थियो त्यो पनि एउटै घर कम्पाउणड भएकोले । छिमेकी कसैलाई जरूरी देखिएन। यतिन्जेल हामी सबैलाई मानसिक रूपमा कोरोना संक्रमित भएको जस्तै अनुभव थियो। तातो पानीको निकै प्रयोग गरियो। दाजुभाईमा भेटघाट बन्द। मात्र हामी फोनवाट अबस्थाको जानकारी गराइरहन्थ्याैं। भाद्र १६ गते पि सि आर को रिजल्ट प्रकाशित भयो। परिवारमा सबैजनाको नेगेटिभ रिजल्ट आयो। सुरूमा संक्रमित भएका चार जनाको पनि अब २०, २२ दिन भए पछि पून परीक्षण गराउंछाै। अबस्था हेर्दा सबैजनाको नेगेटिभ आउने आशा गर्दछु । परिवार र समाजका कसैले पनि कोरोनाको क्षति भोग्न नपरोस् भनी भगवान संग प्रार्थना गर्दछु।
समाजमा सामाजिक मेडियाले कोभिड् १९ को बारे नकारात्मक बढी चर्चा गर्ने, सम्बन्धित निकायलाई काम नगरेको टिप्पणी गर्ने, मरेका र विरामी परेका दृष्यहरू धेरै देखाउने कारण सबैजनामा चेतना त आयो नै तर बढि नै समाज त्रसित बनेको छ। चाईनामा देखाएको जस्तो सारै धेरै कडाई गरेर उपचार गर्नु पनि हाम्रो देशमा संभव छैन। कसैको घरमा ज्वरो, रूघा खोकि भएमा अलग बसेर अरूलाई सर्न नदिनु मुख्य उपचार हो। पि एम ओलीज्युले नेपाली भान्छा उपचार केन्द्र हो भनेको कुरालाई मैले व्यवहारिक रूपमा हो रहेछ भन्ने अनुभूति गर्दैछु। एउटा घरमा संक्रमित छ भने त्यहि घरको अरू कोठाहरूमा सुरक्षित साथ अरू मान्छे बस्न सकिन्छ। साैचालयको प्रयोग अलग हुनु पर्छ। मास्कलगाएर हामीहरू दुई तीन मिटर दुरीमा बसेर थोरै कुरा गर्दा यो सरिहाल्ने होईन रहेछ। एउटा घरमा संक्रमित छ भन्दैमा घर, टोल सील पनि गर्नु पर्दैन। बाटोमा हिंडेको भेट्दैमा पनि सर्छ भन्ने हुंदैन। मुख्य कुरा विरामीले अरूलाई नसरोस् भनेर सजगता अपनायो भने समाज यो रोगबाट मुक्त हुन्छ।
किलागल, नरदेवी, ताम्सिपाखा ठाउहरूमा कोरोना आएको खबर भ्रामक हो। कुनै घरमा संक्रमित हुंदा टोल , छिमेकि छि छि र दुर दुर गरि हिंड्ने होईन। हाम्रो देको टोल समाज जस्तै सहयोगि भयो भने संक्रमितलाई आत्मबल बढ्छ। अरूले कुरा कात्लान् भनेर लुकाएर राख्नु चैं हुंदैन।
एउटा कुरा थोरै सितामोल, भिटामिन सि , फलफुल, थर्मो मिटर आदि घरमा राखिछोड्न चैं नभुल्नु होला।
अन्तमा तातो एक गिलास पानी पिउंदै अहिलेलाई बाई बाई।

One thought on “घर परिवारको सदस्यलाई कोभिद् हुँदाकाे भाेगाई

  • Srijana munikar

    Nice experience which inspire people how to fight against covid 19 .. how one can be cured and how person can prevent other to be infected from covid 19 .. thank u sir for the information

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *