राष्ट्रिय समाचारसंस्कृति

हिजो शुरु गरिएको रथयात्रा आजबाट विधि विधानपूर्वक क्षमापूजा गरि सम्पन्न गरिने

भदौ १९, ललितपुर ।

मच्छिन्द्रनाथको जात्राका क्रममा हिजो भएको झपडका कारण थप क्षति नहोस् भन्नाका लागि आज ललितपुर महानगरको रिङरोडभित्र पर्ने क्षेत्रमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ ।

आज कर्फ्यूबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिने, २१ गते सोह्रखुट्टेसम्म रथ तान्ने, छ्रवयलाभु, भूज्या लगायत सम्पूर्ण विधिविधान सम्पन्न गर्ने जनाइएकाे छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राई, गुठी संस्थानका अधिकारी र ललितपुरका १९ वटा जातिय संगठनले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेका छन् ।

बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरेका छन् ।

बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ । जस अनुसार भदौ १९ गते शुक्रबार क्षमापूजा गर्ने, कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाभु विधि गरिने र त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ ।

सम्भवतः भदौ २६ गतेको साइत जुर्न सक्ने अनुमान खलः पुच र सम्बन्धित पक्षले लगाएको छ । त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गर्ने पनि नर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *