जात्रा पर्वफाेटाे फिचरसंस्कृति

श्री पचली भैरवनाथ १२ वर्षे खड्गसिद्धि जात्रा विधिवतरूपमा शुरु, हिजो देश परिक्रमा सम्पन्न

९ कार्तिक २०८०, काठमाडौं ।
कामिका एकादशीका दिन हनुमानढोका दरबारमा ग्वँय् दाँ राखी शुरु भएको श्री पचली भैरवनाथ १२ वर्षे खड्गसिद्धि जात्रा विजया दशमीको दिन परम्परागत रुपमा हनुमानढोका दरबार परिसरमा रहेको भुतिसःमा राज खड्गसँग श्री पचली भैरवनाथ देवगणले खड्गसिद्धि गरेसँगै विधिवत रूपमा १२ वर्षे जात्रा शुरु भएको छ ।
खड्गसिद्धि जात्रा अन्तर्गत हिजो एकादशीका दिन देवगणहरूलाई देश परिक्रमा गराएको थियो । देश परिक्रमाकाे क्रममा ज्याबहालस्थित द्यःछेँबाट देवगण देश परिक्रमाका लागि निस्केर लगन, गोफल, ब्रम्हटोल, वण्डे, ह्युमत, कोहिती, भीमसेनस्थान, मरु, प्याफल, नरदेवी, तेंगल, थायमदु, असन, इन्द्रचोक, हनुमानढोका, मरु, चिकंमुगल, मजिपात, जोशीदेगल हुँदै पुनः द्यःछेँमै भित्र्याइको थियो ।
हेर्नुहोस फोटो फिचर ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *