फाेटाे फिचरसमाचारसंस्कृति

१९ औं राष्ट्रिय ज्यापु दिवस सम्पन्न

मंसिर २२, २०७९ ।
काठमाडौं । ज्यापु संस्कृति विकास कोषको आयोजना तथा गोफः त्वाःगुथिको संयोजकत्वमा आज काठमाडौंमा १९ औं राष्ट्रिय ज्यापु दिवस सम्पन्न भयो ।
सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठ, महानगर उपप्रमुख सुनिता डंगोल लगायत काठमाडौंका परम्परागत त्वाः खलःका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सो समारोहमा विभिन्न विधाहरूमा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
गोफःबाट उपमेयर सुनिता डंगोल र पूर्व मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शान्तिका प्रतीक परेवाहरू उडाई सुरु गरिएको सांस्कृतिक -याली सुरु गरिएको थियो । सो -यालीमा परम्परागत ज्यापु त्वाः खलः, पुचःहरुको सहभागिता रहेको थियो । सो सांस्कृतिक -याली नगर परिक्रम पश्चात् वसन्तपुरमा आयोजित १९ औं राष्ट्रिय ज्यापु दिवसको भव्य सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *