जात्रा पर्वफाेटाे फिचरसंस्कृति

त्रिशुल चोकमा ङतभुलु अजिमा (श्वेतकाली) को १२ वर्षे पर्व सम्पन्न

कार्तिक २, काठमाडौं ।
तलेजु भवानी मन्दिर परिसर त्रिशुल चोकमा रहेको तलेजु भवानी दबूमा हिजो ङतभुलु अजिमा (श्वेतकाली) को १२ वर्षे पर्व सम्पन्न भएको छ ।
गत ३१ गते देवगणहरु नेटपाचोस्थित देवघरबाट बाजागाजाका साथ पैदलै तलेजु मन्दिर परिसर पुगेको थियो । देवघर, श्वेतकाली मन्दिर, यटखा, कम्फुकोट हुँदै तलेजु मन्दिरको मुख्य द्वारबाट देवगण त्रिशुलचोक पुगेको थियो ।
सोहि दिन साँझबाट शुरु भएको भव्य दैवी नृत्य हिजो सम्पन्न भएको छ ।
आजबाट सोही नृत्य कुमारी घर अगाडिको दबूमा शुरु हुनेछ । यसप्रकार श्रीको १२ वर्षे पर्व काठमाडौंका अन्य स्थान लगायत ललितपुर, भक्तपुर, बनेपा, कीर्तिपुरमा पनि लाने गरिदै आएको छ ।
फोटो © शरण डंगोल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *