जात्रा पर्वफाेटाे फिचरसंस्कृतिस्थानिय समाचार

यस वर्ष पचली भैरव जात्रामा रुद्र विनायकको नयाँ स्वरूपको दर्शन गर्न पाइने

१२ आश्विन २०७९, काठमाडौं ।
रुद्र विनायक (नायखिं गणेद्यः) गुथिद्वारा हिजो रुद्र विनायक (नायखिं गणेद्यः) को नयाँ खिं सहितको मूर्ति प्रतिस्थापन गरिएको छ । हरेक वर्ष भव्यरुपमा जात्रा गरिने पचली भैरव जात्राको एक अभिन्न अङ्गमा नायखिं गणेद्यः पनि एक रहेको छ ।
हिजै तान्त्रिक पूजा र होम सहित पुरानो मूर्तिबाट नयाँ मूर्तिमा प्राण प्रतिष्ठा पश्चात् भव्यताका साथ जात्रा गर्दै देव घर भित्र्याइएको छ ।
झन्डै ४०० वर्ष पुरानो बाजा र मूर्ति जीर्ण भई सोको सट्टामा नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो । गुथिका एक सदस्यका अनुसार महानगरपालिकाको आर्थिक सहयोगमा सो नयाँ मूर्ति निर्माण गरिएको बताइएको छ ।
उक्त कार्यक्रममा छोरी चेलीद्वारा गुथिका मुख्य सदस्यहरू, जसलाई यहाँ च्याउ खल: भनिन्छ, लाई सगुन पनि प्रदान गरिएको थियो ।
उक्त प्राण प्रतिष्ठा पूजा एवं जात्रामा स्थानीय गन्यमान्य व्यक्तित्व एवं भक्तजनहरूको उल्लासमय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *