जात्रा पर्वफाेटाे फिचरसंस्कृति

पचली भैरव जात्रा शुरु

आश्विन ११, काठमाडौं ।

हिजो कौलाथ्व पारू अर्थात् घटस्थापनाको दिनबाट श्री पचली भैरवको जात्रा शुरु भएको छ ।

नायपाचो लगन स्थित गुथियारको घरमा विहानैदेखि शुरु भएको विशेष पूजा आजा पश्चात अन्तमा थकुजुजुको गुह्य पूजा पछि बाजागाजाकासाथ भक्तजनको लावालस्करसहित जात्रा गर्दै श्री पचली भैरवलाई कोहिती स्थित चित्रकारको घरमा पु–याइएको छ ।


कोहितीमा चित्रकारले श्री पचली भैरवलाई “लँपु छायेगु” कार्य सम्पन्न भएपश्चात् चौथीको दिन थकु जुजुको निवास भिमसेनस्थानमा लगिन्छ र त्यहाँ थकु जुजुबाट पूजा आजा पश्चात् टेकू स्थित पचली भैरव पिथमा विराजमान गराइन्छ ।

पञ्चमीको दिन जात्रा गरी देश परिक्रमा पश्चात अर्को गुथियारको घरमा भित्र्याए पछि जात्रा सम्पन्न हुन्छ ।

यस विचमा गुथियार एवं अन्य भक्तजनहरुद्वारा विभिन्न धार्मिक क्रियाकलापहरु पनि सम्पन्न हुने हुन्छ ।

फाेटाे © शरण ज्यापु हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *