परम्परागत वाद्यवादन सामग्री हस्तान्तरण
१२ असार २०७९, काठमाडौं ।
बागमती प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री माननीय डा.अजय क्रान्ति शाक्यज्यूबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९(१) मा रहेको १२, १४,२१, र २२ वडाका अमूर्त सम्पदा संस्कृतिलाई निरन्तरता दिँदै आएका परम्परागत बाजाखलःहरूलाई वाद्यवादन सामाग्री हिजो एक कार्यक्रमका बिच हस्तान्तरण गरे ।

आ.व २०७८/०७९ मा विनियोजित रु.५०,००,०००/– बाट उक्त निर्वाचन क्षेत्रका ४४ वटा विभिन्न बाजा खलःहरुलाई आवश्यकतानुसारका वाद्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
वाद्य सामाग्रीहरूमा नाय्खिं, धिमे, भुस्या, ताः, पोङ्गा, बाँसुरी, हार्मोनियम, पछिमा, खिं आदि रहेका छन् ।
कार्यक्रमको व्यवस्थापन कामपा २१ स्थित मेधा नेपालले गरेको थियो ।


तस्बिर ः राजन महर्जन